कप्तान बनेपछि सन्दीपले भने: टिममा स्थान बनाउन सबैका लागि ढोका खुला छ

CricTracker.com
CricTracker.com

राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले टिममा सबैको स्थान खुला रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानमा नियुक्त गरेपछि आइतबार फेसबुकमार्फत पहिलो प्रतिक्रिया  दिदैँ उनले टिममा स्थान बनाउन सबैका लागि ढोका खुला रहने बताएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना सधैं थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा म भित्रैदेखि नम्र र सम्मानित छु। म नेपाल क्रिकेट संघ (क्यान), नेपालका भव्य जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु। टोलीका रूपमा हाम्रो योजना सरल रहनेछः नेपाललाई विश्व क्रिकेटको यात्रामा प्रभावकारी रूपमा राख्ने। यो हुनकाा लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टोलीको ढोका सबैका लागि खुला रहनेछ। सबै सहयोगी राष्ट्रहरूले हामीलाई पूर्ण रूपमा समर्थन गरेका छन्। क्यान र आईसीसीसँगको छलफलमा हामीले पूर्ण सदस्य राष्ट्रहरूसँग पनि थप क्रिकेटका लागि पहल गर्नुपर्छ । हामीसँग धेरै कामहरू छन् र सँगै हामी जे पनि गर्न सक्छौं।’

प्रकाशित मिति: : 2021-12-19 20:10:00

प्रतिकृया दिनुहोस्