यु-१९ क्रिकेट : नेपालले पहिलो खेलमा बंगलादेशको सामना गर्ने

File photo
File photo

नेपाल राष्ट्रिय क्रिकेट टोलीले यु-१९ एसिया कपको पहिलो खेलमा बंगलादेशको सामना गर्ने भएको छ। 

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (एसीसी) ले प्रतियोगिताको समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरेको हो। 

सार्वजनिक तालिका अनुसार नेपाल समूह बी मा रहेको छ। नेपाल सम्मिलित समूहमा बंगलादेश, श्रीलंका र  कुवेत रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल २३ डिसेम्बरमा बंगलादेशको सामना गर्दै सुरुआत गर्नेछ। यस्तै दोस्रो खेलमा २६ डिसेम्बरमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा २८ डिसेम्बर कुवेतको चुनौती पेस गर्नेछ। यस्तै समूह ए मा भारत, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन्। 

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत  आइतबार सम्पन्न वाइवाई यु -१९ राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताबाट २० खेलाडीलाई छनोटमा बोलाएको थियो। प्रतियोगिताको फाइनल खेल ३१ तारिखमा हुनेछ। 

 

प्रकाशित मिति: : 2021-12-14 19:05:00

प्रतिकृया दिनुहोस्