पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ। बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो।
दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ। हेलिकोप्टरलाइ लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ।