थाइल्याण्डमा पहिलो ओमिक्रोन संक्रमित भेटियो

बिएल संवाददाता

थाइल्याण्ड
bankok post
bankok post

थाइल्याण्डमा ओमिक्रोन भेरियन्टका पहिलो संक्रमित भेटिएका छन्। 

स्पेनबाट आएका थाई मूलका एक अमेरिकी व्यापारीमा कोरोना भाइरस भेरियन्ट फेला पारेको जनस्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीहरूले उदृत गर्दै ब्याङकक पोस्टले लेखेको छ। 

चिकित्सा विज्ञान विभागका महानिर्देशक सुपाकित सिरिलकले थाइल्याण्ड पुगेका ३५ वर्षीय पुरुषको आरटी–पिसिआर परीक्षणमा नयाँ भेरियन्ट फेला परेको बताए। 

सा् व्यापारी अमेरिकी नागरिक हुन् जो थाइल्याण्ड आउनु अघि एक वर्ष स्पेनमा बसेका थिए। उनी इमिरेट्स एयरलाइन्सको ईके ३७२ उडानमार्फत दुबईबाट सुवर्णभूमि विमानस्थलमा आएका हुन।

प्रकाशित मिति: : 2021-12-06 20:29:00

प्रतिकृया दिनुहोस्