दुई वर्षपछि माेदी र पुटिनबीच 'फेस टु फेस' भेटवार्ता हुँदै

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

अमेरिकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच अ‌ाज भेटवार्ता हुँदैछ। २१ अ‌ाैं वार्षिक रसिया–भारत सम्मेलनका अवसरमा साेमबार दुई नेताबीच भेटवार्ता हुन लागेकाे हाे। 

युक्रेनलाई लिएर पश्चिमा देशहरुकाे रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लिकाे भ्रमण गर्न लागेका हुन्।

रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्षा अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगकाे सम्बन्ध विस्तार गरेर रसियाले एसियामा अ‌ाफ्नाे पहुँच बढाउन चाहन्छ। 'भारत दशकाैं पुरानाे साझेदार देश हाे।

दुई देशका नेताबीच हुन लागेकाे शिखर भेटले राष्टपति पुटिन भारतसँगकाे सम्बन्धलाई थप महत्व दिन चाहन्छन्,' उनी भन्छन्। पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जाेड दिएकाे उनकाे भनाई छ। 

सन् २००० मा पहिलाे पटक भारतकाे भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए। पहिलाे भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका  थिए। 

सन् २०१९ काे नाेभेम्बरपछि पहिलाे पटक पुटिन र माेदीबीच फेस टु फेस भेट हुन लागेकाे भारतीय विदेश मन्त्रालयले जनाएकाे छ।

भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झाैता हुनेछ।

प्रकाशित मिति: : 2021-12-06 08:36:00

प्रतिकृया दिनुहोस्