बेइजिङमा एक करोड बढी मानिसले लिए कोभिड-१९ को बुस्टर डोज

File Photo
File Photo

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन्। तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्।

हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन्।

प्रकाशित मिति: : 2021-12-03 13:15:00

प्रतिकृया दिनुहोस्