ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

File Photo
File Photo

ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाको अकाउन्ट हटाएको छ। सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो। 'चीनको अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छु, ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेको छ।' 

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका उहिगुर मुसलमानको नरसंहार गरेको आरोप लाग्दै अ‌एको छ। विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएको छ। उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‌ालोचना गर्दै अ‌ाएको छ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ। तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ। 

बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ। 

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ। 

त्यसैगरी, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ। त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ। अर्कोतर्फ राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन्। 
 

प्रकाशित मिति: : 2021-12-03 11:51:00

प्रतिकृया दिनुहोस्