साउदी अरेबिया र युएईमा पनि भेटिए 'ओमिक्रोन'का संक्रमित

तिव्र रुपमा फैलिईरहेको कोभिड १९ को ओमिक्रोन भेरियन्ट मध्यपुर्वी देशहरूमा समेत फेला पर्न थालेको छ।

बुधबार साउदी अरेबिया र संयुक्त अरब ईमिरेट्सका सरकारी समाचार एजेन्सिहरुले दुई व्यक्तिमा ओमिक्रोन भाईरस पहिचान भएको पुष्टि गरेका छन्।

साउदी समाचार एजेन्सीका अनुसार उत्तर अफ्रिकी मुलुकबाट साउदी पुगेका एक व्यक्तिमा ओमिक्रोन भाईरस पाईएको हो। यसैगरी अरब मुलुक हुँदै युएई पुगेकी एक अफ्रिकी महिलामा यो भाईरस पुष्टि भएको युएईको सरकारी समाचार एजेन्सि वामले उल्लेख गरेको छ।

नयाँ भाईरस पाईएका व्यक्तिहरु र उनीहरुसंग संपर्कमा आएका व्यक्तिहरुलाई आईसोलेसनमा राखेर वैज्ञानिक अनुसन्धान थालिएको बताईएको छ। युएईमा नयाँ भाईरस भेटिएपछि त्यहाँको स्वास्थ मन्त्रालयले सुचना जारी गर्दै सबैलाई सुरक्षा तथा सावधानीका उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ। 

केही साता अघि दक्षिण अफ्रिकामा पहिलोपटक पाईएको ओमिक्रोन भाईरस अत्यन्तै संक्रामक रहेकोले भ्याक्सिन लगाएकाहरुलाई समेत यसले प्रभावित पार्न सक्ने विश्व स्वास्थ संगठनले बताउँदै आएको छ।

अहिलेसम्म युरोपका अष्ट्रेलिया , बेलायत , जर्मनी , नर्वे , स्विडेन , पोर्चुगल लगायतका देशमा यो भाईरस द्रुतरूपमा फैलिईरहेको विश्व स्वास्थ संगठनले जनाएको छ।

यसैगरी दक्षिण अफ्रिकामा अहिलेसम्मकै सर्वाधिक केसहरु पाईएको बताईएको छ।

एसियाली मुलुकहरू जापान , हङकङ , ईजरायल , साउदी अरेबिया , युएई सहित अहिलेसम्म विश्वभरिका दुई दर्जन बढी मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परेको विश्व स्वास्थ संगठनले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-02 09:44:00

प्रतिकृया दिनुहोस्