तालिवानले १०० पूर्वसुरक्षाकर्मीकाे हत्या गरे : ह्युमन राइट वाच

File Photo
File Photo

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीको हत्या गरेको मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएको छ। तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई  निशाना बनाएको वाचले जनाएको हो।

वाचले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ। पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएको हालै तालिवान प्रवक्ताले जनाएका थिए।

तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो। तालिवानको पुनस् उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो।

पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन्। तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो।

सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलो नरसंहार मच्चाएको थियो। उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो।

वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर  विरोधीलाई निशाना बनाएको उल्लेख छ। वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीको हत्या गरेको छ।  तालिवानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकोले उनीहरुको पनि हत्या भएको हुनसक्ने जनाईएको छ। 

प्रकाशित मिति: : 2021-12-01 09:16:00

प्रतिकृया दिनुहोस्