‘ए’ डिभिजन लिग फुटबल

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो। खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो। 

योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।  

त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो। पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए। 

प्रकाशित मिति: : 2021-11-29 18:40:00

प्रतिकृया दिनुहोस्