'ओमिक्रोन भेरियन्ट' तीव्र रुपमा फैलिँदै, अष्ट्रेलियामा पनि देखियो 

REUTERS
REUTERS

नयाँ 'ओमिक्रोन' कोरोनाभाइरस संस्करण विश्वभरि फैलिदै छ। अधिकांस देशहरूले यात्रा प्रतिबन्ध लगाएर आफूलाई बन्द गर्ने प्रयास गरिरहेका वेला अष्ट्रेलियामा दुईवटा केसहरू फेला परेको छ। दक्षिणी अफ्रिकाबाट सिड्नी आइपुगेका २ जनामा नयाँ भाईरस देखिएको हो।

न्यू साउथ वेल्सका स्वास्थ्य अधिकारीका अनुसार शनिबार साँझ दक्षिणी अफ्रिकाबाट सिड्नी आइपुगेका दुई यात्रुहरूलाई स्वास्थ्य परिक्षण गर्दा नयाँ भाईरस देखा परेको हो।

धेरै देशहरूले दक्षिणी अफ्रिकाबाट यात्रामा प्रतिबन्ध लगाएका छन्। संयुक्त राज्य अमेरिका, ब्राजिल, क्यानडा, युरोपेली संघ राष्ट्रहरू, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र थाइल्याण्डलगायत धेरै देशहरूले दक्षिणी अफ्रिकामा यात्रा प्रतिबन्ध वा प्रतिबन्धहरूको घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2021-11-29 09:55:00

प्रतिकृया दिनुहोस्