
बिएल संवाददाता
एमालेको दशौँ महाधिवेशन आज रातभरिमा सक्नै पर्ने भएको छ। होटेलको बुकिङ आइतबारसम्मका लागि मात्र भएकाले सक्नैपर्ने बाध्यता आइपरेको हो।
एमाले उच्च स्रोतका अनुसार, विदेशी पाहुनाहरूले बुकिङ गरेकाले होटेलका कोठाहरु कुनै पनि हालतमा सोमबार बिहानै खाली गरिसक्नुपर्ने छ। त्यसैले पनि एमाले नेतृत्वमाथि दबाब परेको हो।
सौराहा क्षेत्रमा जम्मा होटलमा करिब छ हजार पाँच सय कोठा छन्। तीमध्ये तीन हजार पाँच सय कोठा एमालेले प्रतिनिधिका लागि बुकिङ गरेको छ भने बाँकी कोठाहरु पनि एमाले अधिवेशनमा आउनेले बुक गरेका थिए।
‘विदेशी पाहुनाले अग्रिम बुकिङ गरेका कोठामा म्याद बढाएर एमालेलाई नै दिन नसकिने जानकारी आइसकेको छ’, एमालेका एक जना नेताले भने, ‘प्रतिनिधिबाहेकका केही साथीहरुले आजै होटेल छाडिसकेका छन्। हामीले पनि कुनैपनि हालतमा भोलि खाली गरिदिनुपर्ने बाध्यता छ।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया