मूल्यवृद्धिको विरोधमा विप्लवका कार्यकर्ताद्वारा आयल निगम घेराउ [भिडियाे]

शनि शाक्य

काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्।

मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै सोमबार बबरमहलस्थित निगमको कार्यालय पुगेर संगठनका नेता कार्यकर्ताहरूले घेराउ गरेका हुन्।

उनीहरुले निगमको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत बुझाएका छन्।

जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउन माग गरेका छन्। 

प्रकाशित मिति: : 2021-11-22 13:19:00

प्रतिकृया दिनुहोस्