गाईको गोबर र पिसाबबाट भारतको अर्थतन्त्र बलियो हुनसक्छ– मुख्यमन्त्री चौहान [भिडियाे]

बिएल संवाददाता

भोपाल, भारत
(Photo: Pankaj Tiwari/IndiaToday)

भारतको मध्य–प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गाईको गोबर र पिसाबलाई आर्थिक रुपमा जोड्नुपर्ने बताएका छन्। गाईको गोबर र पिसाबले भारतीय अर्थतन्त्रलाई बलियो बनाउन सक्ने उनको भनाइ छ।

भारतीय पशु चिकित्सा संघ, महिला शाखाको अधिवेशनलाई राजधानी भाेपालमा सम्बोधन गर्दै मुख्यमन्त्री चौहानले गोबर र पिसाबले मध्य–प्रदेश र भारतको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने दाबी गरेका छन्।

यसै सन्दर्भमा समाचार एजेन्सी एएनआईले सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री चौहानको उक्त भिडियो शेयर गरेको छ। जसमा उनले गाईको गोबर र पिसाबबारे कृषकलाई पाठ पढाइरहेको देख्न–सुन्न सकिन्छ।

‘जनता नजोडिएसम्म गौशाला चल्न सक्दैनन्। हामी मध्य–प्रदेशमा उज्यालो जगाउने प्रयासमा छौँ,’ उनले भने, ‘अहिले गाईको गोबरलाई गुणस्तरीय मल बनाउन थालिएको छ।’ भारतलाई गाईको गोबर र पिसाबबाट आर्थिक रुपमा सक्षम बनाउन बारम्बार आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-11-14 09:27:00

प्रतिकृया दिनुहोस्