किमजोङउनवाद लाद्ने तयारीमा उत्तर कोरियाली तानाशाह

world-today-news

अग्रजहरुको प्रभाव कम गर्न र दबदबा अझै बढाउन उत्तर कोरियाली नेता किम जोङ उनले किमजोङउनवाद लाद्ने तयारी गरेका छन्। यसका लागि उनले सरकारी अधिकारीहरुलाई कडा निर्देशन दिइसकेका छन्। 

३७ वर्षीय किमले देशका संस्थापक किम इल सङ र अग्रज किम जोङ इलको तस्विरलाई प्योङयाङका मुख्य भवनहरुबाट हटाउन थालेका छन्। सरकारी वृत्तमा किमजोङउनबादलाई प्रबद्र्धन गरिएको र किमले स्वंयमलाई  महान नेता घोषणा गरेको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ। यसअघि उनका हजुरबुबा किम इल सुङलाई कोरियामा महान नेता भनिन्थ्यो।

किम नाम र शक्तिका लागि ‘भोका’ देखिएको पनि दक्षिण कोरियाली सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन्। तर, किमको पछिल्लो तयारीलाई उत्तर कोरियाको बिरासत कमजोर बनाउने षडयन्त्र भएको विज्ञहरुले टिप्पणी गरेका छन्। 

एजेन्सी

प्रकाशित मिति: : 2021-11-06 16:31:00

प्रतिकृया दिनुहोस्