नेपाल संवतको सांस्कृतिक महत्वलाई प्रवर्धन गरिनेछ: प्रधानमन्त्री 

शनि शाक्य

ललितपुर
File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन्।

नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सरोकार भएका पक्षको सुझाव र मागका आधारमा सरकारले उक्त संवत्का लागि गर्नुपर्ने प्रवद्र्धन र संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

विभिन्न जातीय संस्थाले हरेक वर्ष मनाउँदै आएको उक्त संवत्का अवसरमा यस वर्ष देउला समाजको संयोजन र नेपाल खड्गी समाजको सहसंयोजनमा यालीको आयोजना गरिएको थियो। मङ्गलबजारबाट परम्परागत बाजागाजा र वेषभूषासहित सौघाललगायत भित्री सहर हुँदै पुनः मङ्गलबजार पुगेर यालीको समापन भएको थियो।

कार्यक्रममा नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकिएकाले यसलाई सरकारी कामकाजको मान्यता दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताए। 

प्रकाशित मिति: : 2021-11-05 13:44:00

प्रतिकृया दिनुहोस्