भारतको उत्तराखण्डमा बाढीका कारण १६ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ। सो बाढीमा कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। 

उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो। योसँगै यता उत्तराखण्डमा पनि अविरल बर्षा र बाढी आएको बताइएको छ। 

यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल बर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन्। 

यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा बर्षा जारी रहेको बताएका छन्। साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन्।

प्रकाशित मिति: : 2021-10-20 13:45:00

प्रतिकृया दिनुहोस्