साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो।

यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए।

‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भने।

शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो। उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ।

प्रकाशित मिति: : 2021-10-18 18:23:00

प्रतिकृया दिनुहोस्