फ्रान्सले चुम्यो यूईएफए नेसन्स लिग उपाधि

फाइल तस्वीर
फाइल तस्वीर

यूईएफए नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले हात पारेको छ। आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि चुमेको हो।

फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले समानएक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए पनि खेलमा फर्कन भने सकेनन्।

खेलको ६४ औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ८० औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाए।

प्रकाशित मिति: : 2021-10-11 10:44:00

प्रतिकृया दिनुहोस्