घरेलु टोली माल्दिभ्स लगातार दोस्रो जीत निकाल्दै साफ च्याम्पियनसिप फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्सले श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै दोस्रो जीत निकाल्दा दोस्रो स्थानमा उक्लिएको हो।
माल्दिभ्सको जीतमा अनुभवी खेलाडी अलि अस्फाकले खेलको छैटौँ मिनेटमा निर्णायक गोल गरे। माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ। माल्दिभ्सले फाइनलमा स्थान बनाउने संभावनासमेत बलियो बनाएको छ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। पुछारको श्रीलंकाले चार खेलमा १ अंक जोडेको छ।