रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ।

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन्। घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्।

प्रकाशित मिति: : 2021-10-10 14:53:00

प्रतिकृया दिनुहोस्