रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित

Portuguese Football Federation

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ।

शनिबार राति  घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे। खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो।

प्रकाशित मिति: : 2021-10-10 06:57:00

प्रतिकृया दिनुहोस्