ईपीएलकाे फाइनलका लागि आज पोखरा र भैरहवा भिड्दै

इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन्।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन्।

बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ।

यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो। दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स-११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ।

फाइनल शनिबार हुने छ। विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्।
 

प्रकाशित मिति: : 2021-10-07 07:26:00

प्रतिकृया दिनुहोस्