चेन्नईमाथि दिल्लीको जित, शीर्ष दुईमा रहँदै क्वालिफायरकाे सम्भावना बलियाे

Photo: PTI
Photo: PTI

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ। दिल्लीले चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गरेकाे हाे। 

१ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।  ओपनर शिखर धवनले सर्वाधिक ३९ रनको योगदान दिँदा शिम्रन हेटमायरले  २८ रन जाेडे।

चेन्नईका रविन्द्र जडेजा र शार्दूल ठाकुरले २-२ विकेट लिए। दीपक चाहर, ड्वेन ब्राभो र जोश हेजलवुडले १-१ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो। चेन्नईका अम्बाती रायुडूले सर्वाधिक ५५ रनको योगदान दिए। कप्तान महेन्द्रसिंह धोनी १८, रोविन उथप्पा १९  बनाए।

दिल्लीका अक्षर पटेलले  २ विकेट लिए। एनरिच नोर्किया, आवेश खान र रविचन्द्रन आश्विनले १-१ विकेट लिए।

जितसँगै दिल्लीले लिगमा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ।

दिल्ली, बेंगलोर र चेन्नई प्लेअफमा पुगिसकेका छन्। कोलकाता, राजस्थान, पन्जाब र मुम्बई मध्य एक टोलीले प्लेअफमा स्थान बनाउनेछन्।

शीर्ष दुई टोलीले क्वालिफायर खेल्दा तेस्रो र चौथो स्थानको टोलीले एलिमिनेटर खेल्नेछन्।

प्रकाशित मिति: : 2021-10-05 07:04:00

प्रतिकृया दिनुहोस्