प्रकाश र आँचलको ‘बेरुवाको औँठी’ सार्वजनिक [भिडियो]

गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘बेरुवाको औँठी’ लिएर आएका छन्। गीतमा चर्चित संगीतकार दीपक शर्माको शब्द, संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन् भने भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्मा फिचर्ड छन्।

रुजु शर्मा र अनिल आचार्य लगायतको भिडियोमा अभिनय रहेको छ। भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन्। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियोलाई 'मिरा मोसन पिक्चर्स' युटयुबमा हेर्न सकिन्छ। 

प्रकाशित मिति: : 2021-10-04 14:53:00

प्रतिकृया दिनुहोस्