केही जब्बर कारणहरु छन्, जसले सिंगो माओवादी आन्दोलन बदनामी र उस्ले गर्न खाेजेका प्रयासहरुमा स्खलन पैदा भईरहेकाे छ।
पहिलो कुरा त, माओवादी दर्शनलाई आत्मसाथ गरी राज्य संचालनकाे विधिकाे कुरा गर्ने हाे भने वर्तमान राज्य ब्यवस्था माओवादी दर्शनसंग मेल खाने कुरै भएन। याे ब्यवस्थामा रहेर १० वर्षे अत्यन्तै ठूलाे वर्गसंघर्ष र त्यहाँ भएको त्याग, तपस्या र बलिदानबाट प्राप्त सफलतालाई रक्षा गर्न प्राय असम्भव नै देखिन्छ।
याे ब्यवस्थालाई उपयोग गर्दै अर्को उत्कर्षमा फड्को मार्नु अत्यन्तै जरुरी थियो। माओवादी जनयुद्ध र त्यसले प्राप्त गरेको पहिलो संविधानसभाकाे चुनाब र त्यस चुनाबबाट प्राप्त गरेका जनताको चाहना। जनताको चाहनालाई सम्बाेधन गर्नकाे लागि अभ्यासरत नयाँ ब्यवस्थामा नयाँ माओवादी पार्टी लगभग असफल जस्तै भयाे। जसको परिणाम दाेस्राे चुनावमा धेरै कम मतमा खुम्चन पुग्यो।
त्यसपछि पार्टीभित्र हुनुपर्ने गम्भीर समिक्षालाई लत्याएर अंकगणितिय राजनीतिमै रमाउनू मुख्य कमजोरी थियो भन्ने लाग्छ।
पार्टीले जनताकाे चाहना, आवश्यकता, बाध्यताकाे सुक्ष्म अध्ययन-अनुसन्धान गर्नुभन्दा कापीकाे पाना बाेकेर भाेटर लिस्ट तयार गर्ने र जान अन्जानमा जनतालाई गलत सन्देश र गलत आश्वासन दिने हाेडवाजीमा लाग्नु पनि गम्भीर कमजोरी हाे। यसाे गर्नु पनि याे संसदीय ब्यवस्थाकाे खराब बाध्यता या शैली थियो।
एउटा सामन्तवादी राज्य ब्यवस्थालाई हटाएर गणतन्त्रात्मक राज्य ब्यवस्था स्थापनापछि याे उपलब्धिलाई पार्टीले अन्तिम बिजयकाे रुपमा उपयोग गर्न थाल्नु या नेता, कार्यकर्तासमेत याे बिषयमा भ्रमित रहनुले पार्टी टुटफुट जस्तो भयंकर ठूलो क्षति बाट गुज्रनु प-याे।
याे भ्रमबाट याे ब्यवस्था उपयोग गर्ने एउटा माओवादी तप्का अझै मुक्त भएकाे देखिदैन। अहिलेकाे राजनैतिक संस्कारमा कार्यकर्ताबाट नेता र नेताबाट अझ ठूलो नेता बन्ने हाेडले गर्दा थुप्रै विकृतिहरु पैदा भएका छन्। नेताले सकारात्मक आलाेचना र सुझावलाई स्विकार्न नसक्नु, तल्ला कमिटीका नेताले माथिल्ला कमिटीका नेतालाई चकडी चाप्लुसी गर्ने र त्यसमा आँखा चिम्लेर मख्ख पर्ने बानी माैलाउदै गएको छ।
गर्दा-गर्दा नेताको नजिक पर्ने या आफन्तकाे नजिक पर्ने जनताले समेत नेतालाई चाकडी गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्न थाले। जसकाे प्रत्यक्ष प्रमाण हुन् नेताकाे आँखा छाेप्ने गरी अबिर माला पहिराईदिनू। याे पनि एउटा क्रान्तिकारी पार्टीमा नसुहाउने संस्कृति हाे, जाे गर्नै नहुने र सुहाउँदै नसुहाउने कुरा हाे।
पार्टीले वर्तमान राज्य ब्यवस्थालाई उपयोग गर्दै गर्दा चुनाबी टिकटमा हुने ब्यतिथि बिसंगतिलाई सम्हाल्नै नसक्ने गरी भ्रष्टिकरण गरिएको छ। जनताका प्रतिनिधी बन्नकाे लागि लाखौं, कराेडाैंकाे चलखेल गर्नुपर्ने परिपाटीले पार्टीलाई शुद्ध क्रान्तिकारी पार्टी बनाउन प्राय असम्भव जस्तै भएको छ।
जनप्रतिनिधि चुनावमा हुने आर्थिक चलखेलले हुनेले पैसाकाे बलमा नहुनेले भ्रामक आश्वासनकाे बलमा चुनाव लड्ने र जित्ने हाेडबाजी गरिन्छ। हारे त हारीगयाे, जित्नेले चुनावी खर्च उठाउने र नाफा कमाउने घ्याउन्न शुरु हुन्छ। पैसा र गलत आश्वासनले बिजय भएका प्रतिनिधिबाट क्रान्तिकाे आशा गर्नु फगत दिवा सपनाजस्तै भएको छ।
यसले गर्दा गलत आश्वासनलाई जनताले बुझिसकेका छन् र पैसाकाे बलमा जित्नेहरुकाे पछाडि जनताले समेत बार्गेनिङ गर्ने चलनकाे शुरुवात भएको छ। यसले जनतामा अर्को अराजकता पैदा भएको छ।
आजकाे ब्यवस्थामा पार्टीभित्र तल्लो कमिटीले माथिल्लो कमिटीलाई सहि सन्देश सम्प्रेषण नहुनूले मुख्य लिडरहरुलाई गुमराहमा पार्ने काम भईरहेकाे देखिन्छ। सधै सकारात्मक र सफलताका बयान सुनेका कानले माथि भनेझैं कहिलेकाहीँका रचनात्मक सुझाव या आलाेचनामा आग्रह या पूर्वाग्रह राख्ने नेताहरुकाे स्वभाव देखि जनता, कार्यकर्ता डराउनुपर्ने अवस्था छ।
यसले पार्टीलाई ठूलाे क्षति पु-याईरहेकाे छ। यसले क्रान्तिकारी पार्टी निर्माणमा निकै बाधा खडा गरेकाे छ। आफ्नाे आधारभूत वर्गलाई असल मित्रकाे रुपमा सम्मान नगरी खेलाैनाकाे रुपमा ब्यवहार गर्दै जाने हाे भने हाम्रो मित्र वर्गमा पार्टीप्रति अपनत्व जगाउन निकै गा-हाे पर्ने देखिन्छ।
(लेखक चर्चित जनवादी गायक हुन्।)