मदनकृष्ण श्रेष्ठको 'सुनको कचौरी' सार्वजनिक [भिडियो]

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको आवाज रहेको म्युजिक भिडियो 'सुनको कचौरी' सार्वजनिक भएको छ।  कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा समावेश गीतको रचना साथै संगीत राजन राज सिवाकोटीको रहेको छ भने संगीत संयोजन राजन ईशानले गरेका छन्। 

भिडियोमा वरिष्ठ कलाकारद्दय मदन कृष्ण श्रेष्ठ,गौरी मल्ल लगायतको अभिनय रहेको छ।

राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। भिडियोको सम्पादन विकास दाहालको रहेको छ। सन्तोष राज्बहकको कोरीयोग्राफी समावेश भिडियोलाई युट्युब च्यानल'डेभी ड्यान'बाट हेर्न सकिन्छ।

 


 

प्रकाशित मिति: : 2021-09-19 12:49:00

प्रतिकृया दिनुहोस्