यस्तो छ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (फोटोफिचर)

शनि शाक्य

काठमाडौं

नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान बानेश्वरस्थित आलोकनगरको पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायतका नेताहरू उपस्थित भएका थिए।

अध्यक्ष नेपालले रिबन काट्दै नयाँ भवनमा प्रवेश गरेका थिए। पार्टीले पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय स्थापना गरेको हो।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार कार्यालयकाे मासिक भाडा तीन लाख २५ हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2021-09-17 12:05:00

प्रतिकृया दिनुहोस्