पूर्वी मोरङका दुई शहर उर्लाबारी र पथरीशनिश्चरेमा यति बेला ब्यापारीहरू आफ्नो नेता छान्न चुनाबी अभियानमा होमिएका छन्।
उर्लाबारीमा भदौ ३१ गते निर्वाचन हुँदैछ भने पथरीशनिश्चरेमा भदौ २८ गते। सामान्यतया निर्वाचनमा सफल ब्यावसायीलाई नेता बनाउनुपर्छ। उनको ब्यवसायिक सफलताका पछि अरु ब्यापारी पनि लाग्न प्रेरित गर्नुपर्छ। ब्यापार ब्यवसाय टाट उल्टिन गरिदैन। नेताका आशिर्वादमा उम्मेद्वार बनेका ब्यक्तिले आफ्नो भन्दा पनि आफूलाई आशिर्वाद दिने ब्यक्तिको हितमा काम गर्ने गर्छ। उर्लाबारीमा स्वतस्फुर्त ब्यवसायमा प्रवेश गरेका नुतन राई सफल ब्यवसायी मानिन्छन्। उनी यतिबेला उर्लाबारी उद्योग वाणिज्य सङ्घमा सदस्य पदको उम्मेद्वार बनेका छन्। शुन्यबाट ब्यापार थालेर १० वर्षमै ब्यापारिक सफलता प्राप्त गर्नुभएका ३० वर्षीय नुतन चर्चाको शिखरमा छन्।
को हुन् नुतन ?
२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका लागि १६ वर्षे किशोर नुतन राई तराई झरे। सम्भावनाको खोजिमा तराई झरेका नुतनका थुप्रै आफन्त थिए। कोही कसैको भर खोजेनन्,उनले। आफन्तसँग हार गुहार गर्दा उनको दैनिकी सरल बन्थ्यो। गोजीमा दुई चार पैसा जम्मा हुन्थ्यो। तर, उनले तराईको गर्मीमा एक्लै संघर्ष गरेर स्थापित हुने सपना देखे। उर्लाबारीमा केही काम गर्ने अनि डेरा बसेर कलेज पढ्ने सपना थियो नुतनको। कलेजमा भर्ना भएपनि उनलाई आर्थिक समस्याले दुख दिनथाल्यो। त्यसपछि नुतन मङ्गलबारेको आइडियल मेमोरियल बोर्डिङ स्कुल पढाउँदै कलेज पढ्न थाले। बोर्डिङको जागिर, थोरै आम्दानी। घरभाडा,खानानास्ता, कलेज शुल्क , बाँच्नै गाह्रो। पहाडमा पनि उति राम्रो आर्थिक ब्यवस्था थिएन। त्यसैले घरसँग कहिल्यै पैसाको अपेक्षा गरेनन ,उनले।
ओठ माथि भरखर जुँघाको रेखी बस्दै गरेको एउटा किशोर। जातले हो भने बेलैमा लाहुर जानुपर्ने। एसएलसी पास हुना साथ आफन्तले लाहुर लाग्न पनि सुझाए थिए। लाहुर नलागे बैदेशिक रोजगारमा जान आग्रह गरे। तर, नुतनले नेपालमै सम्भावनाको खोजिगर्न छोड्नु भएन। उर्लाबारीको बसाईमा धेरै बाधा उल्झन भएपछि उहाँ नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिए। काठमाडौंमा पनि आफन्त कोही थिएनन्। जागिरका लागि न प्रमाणपत्र थिए। न कुनै तालिम नै लिएको थियो। सबैभन्दा छिट्टो पाइने काम थियो , होटलमा भाडा माझ्ने। उनले बालाजुको एउटा होटलमा भाँडा माझ्न थाले। झण्डै २ वर्ष काम गरेपछि उनी पुनः उर्लाबारी फर्किएर छापाखानामा काम गर्न थाले।
छापाखाना र ट्राभल्स कम्पनीमा दिन र रात गरेर १८ घण्टा काम गर्दा नुतनले ३ वर्षको अवधिमा ७६ हजार रुपियाँ बचत गरे। त्यसपछि उनलाई बिदेश गएर धेरै पैसा कमाउने भूत चढ्यो। बिदेश जान सन् २०११ मा राहदानी बनाए।
राहदानी बनाए पनि नुतन बिदेश गएनन्। जहाँ काम गरेका थिए ,त्यही ट्राभल्स कम्पनीका सञ्चालकले कम्पनी बिक्री गर्ने भए। ब्यापारमा सम्भावना देखिरहेका नुतनले स्वदेश मै जोखिम मोल्ने निर्णय गरे। हातमा राहदानी बोकेर उनी पिके ट्राभल्स नामको कम्पनी खरिद गर्ने निर्णयमा पुगे। २०६८ सालमा चारु सुनचाँदी पसलबाट पैसा ब्याजमा लिएर उनले ट्राभल्स कम्पनी सञ्चालन गर्न थाले।
एक दशकको बीचमा नुतन राईको कम्पनी पिके ट्राभल्स एण्ड टुर कम्पनी प्रालिमा रुपान्तरण भइसकेको छ। आफ्नै नीजि घरमा श्रीमती र दुईवटा छोरासँगै बस्दै आएका राई संघर्षले जन्माएका ब्यवसायी हुन्।
चुनाव जितेपछि के गर्ने भन्ने जिज्ञाषामा नुतन भन्छन्–उर्लाबारी शहरलाई ब्यावसाय मैत्री बनाउनु पर्छ। ब्यापार गर्ने वातावरण छैन्। तर, करका लागि ताकेता आउन थाल्छ। स्थानीय प्रशासन,सरकार र नागरिक समाजबीच उद्योगी ब्यापारीको सुमधुर सम्बन्ध कायम गर्न आवश्यक छ। सदस्यले कति गर्न सक्छ तर,म ‘ग्रासलेबल’बाट उठेको ब्यवसायी भएकोले ब्यावसायीलाई आस्था र सम्बन्धका आधारमा दुख दिने प्रवृतिको बिरोधी हुँ। म ब्यापारीहरूले कसैसँग पनि पैसा खर्च गरेर सम्बन्ध स्थापित गर्नु हुन्न भन्ने मान्यता राख्छु। प्रशासन र स्थानीय सरकारले ब्यापारको वातावरण गरिदियो भने ब्यापारीले कर तिर्न आनाकानी गर्नु हुन्न। उनले थपे–विष्णु भण्डारी जस्ता ब्यवसायमा आउन चाहनेहरूलाई सहज वातावरण र कानूनी जटिलता अन्त्य गर्न सहयोग पु¥याउने मेरो मुख्य ध्येय हो।