भक्तपुरबाट डोजरले तानेर यसरी भोटाहिटी पुर्‍याइयो इन्द्रजात्राको य:सिं (भिडियाे)

शनि शाक्य

काठमाडौं

इन्द्रजात्रामा हनुमानढोकामा ठड्याउन यसवर्ष छानिएको य:सिंलाई काठमाडौं ल्याइएको छ। भक्तपुरको चित्तपोलबाट उक्त य:सिंलाई बिहीबार  डाेजरले तानेर भाेटाहिटी पुर्‍याइएको हो।

विगतमा मानिसले डोरीको सहायताले तानेर य:सिंलाई काठमाडौं ल्याउनुपर्नेमा यो वर्ष डोजरले तानेर ल्याइएकाे छ। कोरोना संक्रमण जाेखिमलाई मध्यनजर गर्दै य:सिंलाई मानिसहरुले तानेर नभई डोजरले तानेर ल्याइएको बताइएको छ।

य:सिं भोटाहिटी पुर्‍याइएपछि पूजा गरेर समयबजी खाने प्रचलन छ। य:सिंलाई भोटाहिटी पुर्‍याइएसँगै गर्जुको पल्टनले सलामी दिएको थियो।

य:सिंलाई भदौ २९ गते नगर प्रवेश गराइने साइत जुरेको छ। यस्तै, असोज २ गते हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ।

प्रकाशित मिति: : 2021-09-10 17:03:00

प्रतिकृया दिनुहोस्