तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको हो।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन्। भने, २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ।