११० अंकले बढ्यो नेप्से, सवा ७ अर्बको सेयर कारोबार

 सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २:० बजेसम्म १ सय १० अंकले बढी सकेको छ।

आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो। सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ।

 

सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका थिए। उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


 

प्रकाशित मिति: : 2021-09-06 15:08:00

प्रतिकृया दिनुहोस्