नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताकाे पहिलाे खेल सुरू भएकाे छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले ५ : ३० बजेबाट नेपाल भारतबीचकाे खेल सुरू भएकाे हाे।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुँदैछ। नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबलः पाँच हजार दर्शक प्रवेश गरेकाे एन्फाले बताएकाे छ।