तीन हजार २७४ जना नयाँ संक्रमित थपिदा २७ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ३,२७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ।

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गरिएकोमा २ हजार ४५६ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै ६ हजार १२४ एन्टिजेन परीक्षण गरिएकोमा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टाभित्र कोरोनाबाट २७ जनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: : 2021-08-17 17:46:00

प्रतिकृया दिनुहोस्