राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ।
एन्फाले प्रशिक्षण पोखरामा सुरु हुन लागेको जनाएको हो। १० दिनको विश्रामपछि नेपाली टिमले पोखरामा प्रशिक्षण सुरु गर्न लागेको हो।
साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।