पाकिस्तानमा बलपूर्वक धर्म परिवर्तन गराउने घटनामा वृद्धि

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - globalvillagespace.com
Photo - globalvillagespace.com

पाकिस्तानमा हिन्दु समुदायलाई बलपूर्वक धर्म परिवर्तन गराउने घटना वृद्धि भईरहेको छ।

पाकिस्तानमा हिन्दु धर्मावलम्बीहरुलाई बलपुर्वक मुस्लिम धर्ममा रुपान्तरण गराउने क्रम बढिरहेको छ। पछिल्लो समयमा बन्दिन जिल्लाको मल्ती क्षेत्रमा मात्रै साठी जना सोझा हिन्दु समुदायका मानिसलाई बलपूर्वक धर्म परिवर्तन गराइएको घटनाले मानवअधिकारकर्मीहरु चकित भएका छन्।

सम्पन्न व्याक्तिहरुले विपन्न र सोझा हिन्दु समुदायका नोकरहरुलाई ऋण मुक्त गर्ने र स्वतन्त्रता सुनिश्चित गर्ने भन्दै धर्म परिवर्तन गरेको बताइएको छ।

मल्ती नगरपालिका समितिका अध्यक्ष समेत रहेका अब्दुल रैफ नीजमानीले हिन्दुहरुलाई धर्म परिवर्तन गराइएको भिडियो नै सार्वजनिक गरेका छन्।

उक्त भिडियो सार्वजनिक गर्दै रैफले अल्लामदुलिला, मेरो मार्गदर्शनमा आज साठी जना मानिसले मुस्लिम धर्म अबलम्बन गरे, उनीहरुका लागि प्रार्थना गर्नुहोस भनेर लेखेका थिए।

मुस्लिम धर्मको बाहुल्यता रहेको पाकिस्तानमा बलपूर्वक धर्म परिवर्तन गराउने जस्ता धार्मिक अतिवादको गतिविधि हुने गरेको छ।

प्रकाशित मिति: : 2021-07-19 11:05:00

प्रतिकृया दिनुहोस्