बिएल संवाददाता
च्याउ कम क्यालोरी भएको तरकारी हो। यसले पौष्टिक तत्त्वका साथै तौल नियन्त्रण गर्छ। तर कतिपय च्याउ खान योग्य हुन्छन् भने केही स्वास्थ्यका लागि हानिकारक हुन्छन्। बटन, ओइस्टर पोर्सिनि र च्यानटेरेल च्याउ अक्सर सेवन गरिन्छ। च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी र डी प्रशस्त मात्रामा पाइन्छ। च्याउले शरीरमा भिटामिन ‘डी’ को कमी हुने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। च्याउमा मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जस्ता रोगहरु पनि नियन्त्रण गर्ने गुण हुन्छ। यस्ता छन् च्याउ सेवन गर्दा हुने फाइदा।
हड्डी बलियो बनाउँछ
च्याउमा भिटामिन डी हुन्छ जुन मांसपेशी र हड्डीलाई बलियो बनाउन आवश्यक हुन्छ। नियमित च्याउ सेवन गर्दा शरीरको आवश्यकताअनुसार २० प्रतिशत भिटामिन डी उपलब्ध हुन्छ।
मुटु स्वस्थ राख्न
च्याउमा पिट ग्लुकेन नामक तत्व हुन्छ। यसले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। साथै मुटुलाई फिट राख्न पनि मद्दत गर्छ।
वजन नियन्त्रण गर्न
च्याउमा क्यालोरी एकदमै कम हुन्छ। पाँचवटा सेतो बटन भएको च्याउमा २० क्यालोरी मात्र हुन्छ। च्याउ खाएपछि लामो समयसम्म भोक लाग्दैन। जसले तौल नियन्त्रणमा राख्न मदत गर्छ।
मधुमेहले नियन्त्रण गर्न
च्याउमा मधुमेह विरोधी गुण हुन्छ जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।
छालाको स्याहार
च्याउमा एन्टी ब्याक्टेरियल, एन्टी अक्सिडेन्ट, एन्टी माइक्रोबियल, एन्टी बुढ्यौली, एन्टी(व्रिङ्कल, स्किन ह्वाइटिङ र मोइस्चराइजिङ जस्ता गुण हरु हुन्छ। यसले छालालाई जवान राख्नसमेत सहयोग गर्छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया