सिंहदरबारबाट नागरिक अभियन्ता पक्राउ (तस्विरसहित)

शनि शाक्य

काठमाडौं

सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १६ जना पक्राउ परेका हुन्।

सिंहदरबार गेटअगाडि विरोध प्रदर्शनमा उत्रिएका नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, श्रवण मुकारुङ,  राजेन्द्र महर्जन, विमल अर्याल, गोविन्द छन्त्याल, अनुभव अजित, अरुणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरुण थापा, नवीन तिरुवा, बसन्त छिपा, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2021-07-11 13:35:00

प्रतिकृया दिनुहोस्