युरोकप फुटबलअन्तर्गत इंग्ल्यान्ड पनि फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो।
इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले एक गोल गरे भने एक आत्मघाती गोल पाएको थियो।
डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल फर्काए।
अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आइतबार राति हुनेछ।