कोपा अमेरिका: कोलम्बियालाई हराउदै अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउदै अर्जेन्टिना फाइनल पुगेको हो।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए। निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुग्यो।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लिओनल मेस्सी, लियोन्ड्रे परेडेस र लाउटारो मार्टिनेजले गोल गरे। अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

ब्राजिल भने पहिलो सेमिफाइनलमा पेरुलाई हराएर फाइनल पुगेको हो। फाइनल खेल आइतबार बिहान हुनेछ।

प्रकाशित मिति: : 2021-07-07 12:26:00

प्रतिकृया दिनुहोस्