स्पेनलाई हराउँदै इटाली फाइनलमा

File Photo
File Photo

इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको छ। 

इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो।

क्वार्टरफाइनल खेलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो। स्पेनले भने निर्धारित समयमा स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। 

एजेन्सी । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो।

अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ।

वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन्।

स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।

प्रकाशित मिति: : 2021-07-07 06:15:00

प्रतिकृया दिनुहोस्