'इन्स्टाग्राम'बाट सर्वाधिक रकम कमाउँदै राेनाल्डाे, मेस्सी साताै नम्बरमा

Photo : SBSsports
Photo : SBSsports

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने संसारमा सायदै होलान्। रोनाल्डोको नाम लिनबित्तिकै जो कोहीले पनि लिओनल मेस्सीलाई सम्झन्छ।

त्यसो त यी दुई खेलाडीहरु एक अर्काको लागि राम्रा र असल साथी हुन्। उनीहरू सँगै विभिन्न कार्यक्रम र समारोहमा सहभागी हुँदै आएका छन्। तर प्रशंसकहरुको लागि उनीहरु एकअर्काको लागि प्रतिस्पर्धी र दुश्मन जस्तो लाग्छ। यी दुई खेलाडी सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका पात्र पनि हुन्।

'होपर एचक्यू'ले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने चर्चित सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ। यो सूचीमा चर्चित खेलाडीदेखि चर्चित कलाकारहरुको नाम छ।

यो सूचीमा इन्स्टाग्रामबाट अहिलेसम्मकै सर्वाधिक कमाइ गर्नेमा रोनाल्डो अग्रपंक्तीमा रहेका छन्। ३६ वर्षीय रोनाल्डोले इन्स्टाग्राममा एक पोस्ट गरेबापत १.६ मिलियन डलर अर्थात नेपाली १९ करोड २ लाखभन्दा बढी कमाउँछन्।

त्यस्तै दोस्रो स्थानमा चर्चित हलिउड अभिनेता डनी जोनसोन रहेका छन्। उनले एक पोस्ट गरेबापत १.५२ मिलियन डलर कमाउँछन्। 

मेस्सी यो सूचीको साताै स्थानमा छन्। उनले प्रतिपोस्ट १.१६ मिलियन डलर कमाउँछन्।


 

प्रकाशित मिति: : 2021-07-05 05:45:00

प्रतिकृया दिनुहोस्