कोपा अमेरिका २०२१: अर्जेन्टिना र कोलम्बिया पनि सेमिफाइनलमा

Photo : Sporting news
Photo : Sporting news

ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलकोे सेमिफाइनल समीकरण पूरा भएको छ।

आज (आइतबार) बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो।

जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो भने अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले हरायो।

अब अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ। २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४ः४५ बजे सुरु हुनेछ। यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६ः४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2021-07-04 10:47:00

प्रतिकृया दिनुहोस्