१० खेलाडीमा सिमित ब्राजिलसँग चिली पराजित

Photo : eprimefeed
Photo : eprimefeed

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।

शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई १-० गाेल अन्तरले हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले ४६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। त्यसकाे २ मिनेट नबित्दै अर्थात् खेलको ४८औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो।

ब्राजिलले सेमिफाईनलमा पेरुसँग खेल्नेछ। शनिबारको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसँग पाराग्वे स्तब्ध बन्यो।

निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो। जसमा पेरुले ४–३ ले बाजी मार्यो।

क्वार्टरफाईनलको अन्य खेलमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन्।

प्रकाशित मिति: : 2021-07-03 11:22:00

प्रतिकृया दिनुहोस्