प्रतिष्ठानको रजिष्ट्रारमा जुम्लाका नृपेन्द्र महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा जुम्लाका नृपेन्द्र महत नियुक्त भएका छन्।

निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको गत जेष्ठ १९ मा कार्यकाल सकिएपछि चार वर्षे कार्यकालका लागि महत नियुक्त भएका हुन्।

रजिष्ट्रार पदका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नृपेन्द्र महत, डा. रविन खड्का र डा. रमेश भट्टराईलाई सिफारिस गरेको थियो। सिफारिस भएका मध्ये महतलाई नेपाल सरकारले बिहिफार रजिष्ट्रार पदमा नियुक्त गरेको हो।

विगत लामो समय देखि राजनीति र समाजिक क्षेत्रमा क्रियाशिल महतले वाणिज्य शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् भने एलएलबी समेत गरेका छन्।

रजिस्ट्रार नियुक्त भएसँगै कर्णाली प्रतिष्ठानको साख अझ बढाउने भन्दै स्वास्थ सेवालाई जनताको घर दैलोमा पगाउने लक्ष्य रहेको प्रतिक्रिया दिए।

'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई नेपालकै नमूना बनाउन म प्रतिवद्ध रहनेछु', उनले भने, 'राज्यले विश्वासका गरेर दिएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गर्नु हाम्रो पहिलो कर्तव्य हुनेछ।'

प्रकाशित मिति: : 2021-06-24 20:19:00

प्रतिकृया दिनुहोस्