भारी वर्षाका कारण म्याग्दी जिल्लाको मालिका गाउँपालिकाका रुम गाउँ र धौलागिरी गाउँपालिकाका गुर्जाका करिब ५० घरधुरी बाढीपीडितलाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेका छन्। 'माउन्टेन हर्ट नेपाल' का अध्यक्ष डा. अबन गौतमको विशेष पहलमा युवा पर्यटन व्यवसायी गगनराज न्यौपाने र छकेन्द्र पुनको समन्वयमा उक्त राहत उपलब्ध गराइएको हो।
कुल ७० वटा त्रिपाल लगायत प्रत्येक घरलाई २५ किलो चामल, तीन किलो दाल तथा चना, चिनी, चिउरा १-१ किलोका दरले उपलब्ध गराइएको थियो। राहतमा ग्राम चिया, चाउचाउ, तेल पनि राखिएको छ। 'माउन्टेन हर्ट नेपाल' ले उक्त राहत प्याकेज गाउँपालिका अध्यक्ष श्री प्रसाद रोका मगरलाइ हस्तान्तरण गरेको व्यवसायी न्यौपानेले जानकारी दिए।
देश विदेशमा रहेका विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेका राहत प्रदान गरिएको डा.गौतमले बताएका छन। अमेरिकास्थित डाइरेक्ट रिलिफ संस्था मार्फत अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको उनले जानकारी गराएका थिए।
यस्तै म्याग्दीकै अर्को दुर्गम मंगला गाउँपालिकाको तुसारेपानीमा तीन थान अक्सिजन कन्सन्ट्रेटर र एक हजार थान एन–९५ मास्क गाउँपालिकाका उपाध्यक्ष श्रृजना केसी र वडाध्यक्ष डेकबहादुर रम्जालीलाई युवा पर्यटन व्यवसायी न्यौपाने र पुनले हस्तान्तरण गरेका थिए।
उक्त सामाग्री ढुवानी हेलिकप्टर चार्टरमार्फत् तुसारेपानी घर भई हाल अस्ट्रेलिया निवासी समाजसेवी मुक्तिप्रसाद रोकाले ब्यक्तिगत खर्चबाट सहयोग पुर्याीएका हुन्। यसअघि पनि समाजसेवी रोकाले तुसारेपानीका हरेक घरधुरीलाई कोरोनाबाट बच्न स्यानिटाइजर र मास्क वितरण गरेका थिए।
जिल्लाकै अग्रणी समासेवीको रुपमा परिचित रोकाले म्याग्दी जिल्लामा आपतविपत परेको बेलामा सहयोग पुर्यााउदै आउनुका साथै जिल्लामा शिक्षा र स्वस्थ क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्।
सिन्धुपाल्चोकको मेलम्ची र मनाङ लगायत देशको विभिन्न भागमा बाढी र पहिरोबाट पाठ सिक्दै समयमै आफूहरूले पनि सावधानी अपनाउनुपर्ने मालिका गाउँपालिकाका अध्यक्ष श्री प्रसाद रोकाले बताउँदै सहयोगी संस्था र व्यक्तिलाई धन्यवाद दिएका थिए।
साथै अध्यक्ष रोकाले गाउँपालिकाले जनताको सुरक्षा र तत्काल सहयोगको लागी विशेष टोली बनाएको समेत बताए।
यस राहत कार्यक्रममा हेल्प नेपाल नेटवर्क, हामी नेपाल युवा संगठन लगायत गीता शर्मा, पूजा आचार्य सुवेदी, साजन छेत्री, जेनी चेन, विजय पौडेल, अकिन श्रेष्ठ , गगनराज न्यौपाने र छकेन्द्र पुनले योगदान गरेका थिए।