आफ्नो कीर्तिमानी बराबरी गरेपछि फुटबलका लिजेण्ड अली दाइले क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन्।
दाइले सन् १९९३ देखि २००६ सम्म खेल्दा १४९ खेलमा १०९ गोल गरेका थिए।
रोनाल्डोले पनि युरोकप २०२० अन्तर्गत बुधबार राति फ्रान्सविरुद्ध दुई गोल गरेसँगै दाइको नाममा रहेको १०९ गोलको कीर्तिमान बराबरी गरेका हुन्।
दाइले आफ्नो इन्स्टाग्राममा लेख्दै रोनाल्डोलाई भनेका छन्, 'म खुशी छु कि रोनाल्डोले यो उल्लेखनीय उपलब्धी हासिल गरे। बधाई रोनाल्डो !'