बरेङ गाउँपालिकाको बजेट ३७ करोड ३४ लाख

Symbolic photo
Symbolic photo

बागलुङ जिल्लाका १० पालिकमध्ये बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रमसहित बजेट गरेको छ।

गाउँपालिकाको ७ औँ गाँउसभामा आज अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक वर्ष २०७८/०७९ काको नीति कार्यक्रम प्रस्तुत गरे। सोही अवसरमा गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले रु ३७ करोड ३४ लाख ४७ हजार ४४० बराबरको बजेट प्रस्तुत गरे।

गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि एक करोड १५ लाख तथा  शिक्षा क्षेत्रका लागि रु एक करोड ९८ लाख बजेट बिनियोजन गरेको छ।

त्यस्तै कृषि तथा पशुमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ। स्वास्थ्यको बजेट कोरोना महामारीसँग जुध्न ५० लाख विनियोजन भएको प्रमुख प्रशासकीय रमेश थापाले जानकारी दिए। थापाका अनुसार ५० प्रतिशत योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको र २५ प्रतिशत नयाँ कार्यक्रम ल्याइएको छ।

गाउँसभाबाट पालिकाभित्र कार्यरत सबै शाखा तथा वडाका करार कर्मचारीका लागि २०७८ साउनदेखि लागु हुनेगरी मासिक २ हजार वृद्धि गर्ने भएको छ।

त्यस्तै विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २०० र लेखापालका लागि मासिक १६ हजार तलब गराइएको छ।रासस

प्रकाशित मिति: : 2021-06-19 20:56:00

प्रतिकृया दिनुहोस्