स्याङ्जाको भीरकोट नगरपालिका– ३ स्थित आँधीखोलामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो।
आज बिहान ६ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन्।
अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन। शवलाई पोष्टमार्टमका लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा ल्याइएको छ।
आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा माथिका आँधीखोला तथा सहायक खोला छेउछाउका बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताए। रासस
सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा फसेका दुई युवाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
मेलम्चीस्थित रोज होटलको छतमा फसेका उनीहरूलाई बुधबार नेपाली सेनाकाे हेलिकप्टरमार्फत् उद्धार गरिएकाे हाे। बाढीका कारण बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएर आफूहरूलाई उद्धार गर्न आग्रह गरेका थिए।
वर्षासँगै आएको बाढीले मेलम्ची बजार डुबानमा परेकाे छ। पूरा समाचार
तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव ह्वात्तै बढेकाे छ।
लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
अहिले कोशी ब्यारेजका १४ ढोका खुला गरिएको छ। पूरा समाचार
मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने सात जनाको मृत्यु भएको छ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्।
मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्। पूरा समाचार