गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धले बहुमतसहित दाबी पेश गरेका छन्।
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएको शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष बुझाएका हुन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि २४ घण्टाको समय दिएको २ घण्टा नबित्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गेले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन्।